२०८२ फाल्गुन १२

जेनजी २.० समूहको समर्थन विष्णु पौडेललाई
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ११, सोमबार १६:३८ गते

बुटवल ११ फागुन ।
जेनजी २.० ले रुपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ । देशव्यापी युवाहरुको संगठन बनाएको समूहले उम्मेदारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा पूर्व उपप्रधान तथा अर्थमन्त्री रहेका पौडेललाई समर्थन गर्ने भएको हो ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर समूहका प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवाहरुको पृष्ठभूमि र क्षमताको आधारमा समर्थन र सहयोग गर्ने नीति अनुसार यो क्षेत्रमा विष्णु पौडेललाई समर्थन गरेको जानकारी दिएका छन् ।
रुपन्देहीमा पौडेलले भौतिक विकास तथा पूर्वाधारको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गर्दै बलियो जनाधारका कारण जेनजी २.० ले समर्थन जनाएको लिम्बुले बताएका हुन् । लिम्बुले सर्लाहीमा नेपाली काँग्रेसका सभापति रहेका गगन थापा र चितवनमा नेकपा नेतृ रेणु दाहाललाई समर्थन गरेजस्तै रुपन्देहीमा पौडेललाई समर्थन गरिएको उल्लेख गरे ।