२०८१ श्रावण १२

गठबन्धन केवल सत्ता स्वार्थका लागि :अध्यक्ष ओली
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २५, आईतवार १६:५५ गते

बुटवल ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको बताएका छन । बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफु देशभरका कार्यक्रममा जाँदा जनताले मुलुकमा पाँच दलीय गठबन्धन छ भन्ने नै थाहा नभएको भन्दै एमाले मात्रै छ भन्ने जनताले बुझेको बताए । उनले जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने तर्क समेत गरे । उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाक धम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए । एमाले युवादेखि वृद्ध सम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे । काँग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु बिगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले बताए। अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण र गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले बताए।
उनले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताए । अध्यक्ष ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्को तिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको शिकार गर्ने बताए । पाँच दलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताए ।
एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उनको भनाई छ ।
भैरहवा, पोखरा लगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको भन्दै निर्धक्क भएर एमालेलाई मतदान गर्न आग्रह गरे ।
ओलीले थपिएका नयाँ मतदातालाई एमालेले गरेको विकास र युवाहरुको पक्षमा गरेको कामलाई हेरेर एमालेलाई रोज्न आग्रह गरे ।

एमाले उपाध्यक्ष बिष्णु पौडेल लगायतका शीर्ष नेताहरुको सहभागिता रहेको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले नेपाली कांग्रेस एजेण्डा हराएको पार्टी भएको बताए ।
नेताले भुसालले नेपालमा समाजवाद ल््याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा एमालेका बिभिन्न उम्मेदवार र पार्टीका बिभिन्न नेताहरुले बोलेका थिए ।