२०८२ फाल्गुन १५

बुटवलमा विश्वदीपको घरदैलो
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १४, बिहीबार १४:१२ गते

बुटवल, १४ फागुन ।
रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।
सयौ नेता कार्यकर्ताले आज बुटवल बजार क्षेत्रमा मोटरसाईकल र्याली सहित विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन ।
उनीहरुले बुटवल क्षेत्रका टोल–टोल र वस्तीमा विभिन्न सवारी साधन र पैदल पुग्दै भोट मागेका छन् । आज बुटवलको सबैभन्दा धेरै मतदाता रहेको वडा नं ११ मा घरदैलो गरिएको नेकपाले जनाएको छ ।
घरदैलोका क्रममा विभिन्न ठाँउमा मतदातालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डेले जनताको हौसला र साथले आफूहरु जीतको नजिक पुगेको बताए । उनले मतदाताको उत्साह र आफूहरुको मेहेनत र ऐजेण्डाले यस क्षेत्रमा विजयी भएरै छाडिने जिकिर गरे ।
उम्मेदवारसहित मतदाता भेटघाट गर्दै नेकपाका कार्यकर्ताले झण्डा, माईक, व्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गरेका थिए ।
मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेले जनपक्षीय काम गर्न आफूले उम्मेदवारी दिएकाले मतदान गरेर सहयोग गर्न मतदाता समक्ष अनुरोध गरेका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार बुटवलमा उम्मेदवारसहित घरदैलो जारी रहने छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताए । रुपन्देही क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडा पर्दछन ।