२०८२ फाल्गुन १५

सैनामैना र बुटवलबाट रास्वपा–नेकपा छाडेको साढे ३ सय जना एमालेमा प्रवेश
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १५, शुक्रबार १५:२३ गते

उपाध्यक्ष पौडेलले पार्टी प्रवेश गराए
बुटवल १५ फागुन ।
रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् । शुक्रबार बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिए ।
सैनामैना क्षेत्रबाट प्रवेश गर्ने ३ सय जनाको संयोजनक वडा नं १ शाखा कमटिीका उपाध्यक्ष चक्र शाहीले गरेका थिए ।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै उपाध्यक्ष पौडेलले विभिन्न हल्लाका कारण एमालेको जिम्मेवारीमा नरहेकाहरुले आफैले नै पार्टी प्रवेश गरेर बलियो एमाले बनाउन चाहेकोमा निकै खुशी लागेको बताउँदै अब त्यो क्षेत्रको भरोसा गर्नेखालको काम गरेर देखाउने बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले लुम्बिनी उपाध्यक्ष तथा रुपन्देही २ निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावका आधारमा पार्टीले काम गर्ने बताए । शुक्रबार नै बुटवल १२ मा दर्जनौं युवाहरु पार्टीमा प्रवेश गरेको एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए । उनीहरुलाईपनि एमाले उपाध्यक्ष पौडेलले पार्टी प्रवेश गराउँदै युवाहरुको योजनाअनुसार अघि बढ्ने जनाएका थिए ।