२०८२ फाल्गुन २४

रुपन्देही १ मा फराकिलो मतान्तरले रास्वपाका महामन्त्री लम्साल विजयी
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २३, शनिबार १७:०२ गते

रुपन्देही २३ फागुन ।
रुपन्देही १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री सुनिल लम्साल निर्वाचित भएका छन् । निर्वाचन आयोगले घोषणा गरे अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार लम्साल निकटतम प्रतिद्धन्द्धी कांग्रेसका हिरावहादुर खत्रीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका प्रज्जवल बोहराले ८ हजार ३ सय १ मत प्राप्त गरेका छन् । यहा एमालेका दधिराम न्यौपानेले ७ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।