२०८२ फाल्गुन २७

समानुपातकिमा लुम्बिनीमा रास्वपालाई ९ लाख ३३ हजार, कांग्रेसलाई ३ लाख २८ हजार, एमालेलाई २ लाख ९६ हजार मत
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २७, बुधबार १६:१४ गते

बुटवल २७ फागुन ।
लुम्बनिी प्रदेशमा समानुपातकि तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ३३ हजार ३ सय ५२ मत प्राप्त गरेको छ । यहा कांग्रेसले ३ लाख २८ हजार ७ सय १९ मत प्राप्त गरेको छ । समानुपातकि तर्फको अन्तमि मत परणिाम अनुसार लुम्बिनी प्रदेशमा एमालेले २ लाख ९६ हजार ५ सय ४२ मत प्राप्त गरेको छ ।
यहा नेपाली कम्युनष्टि पार्टीले १ लाख ५५ हजार २ सय ४२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८० हजार ४८ मत प्राप्त गरेको छ । त्यस्तै श्रम संस्कृति पार्टीले २३ हजार ५ सय ३ मत प्राप्त गरेको छ । लुम्बिनी प्रदेशका १२ जल्लिाका प्रतनिधि सभातर्फ २६ निर्वाचन क्षेत्र मध्ये २१ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ जति हात पारेको रास्वपाले समानुपातकि तर्फ यहाका ४ वटा निर्वाचन क्षेत्रबाट ५० हजार भन्दा धेरै मत हासलि गरेको छ ।
रुपन्देहीका तीन वटा क्षेत्र बाट समानुपातकि तर्फ ५५ हजार भन्दा पनि धेरै मत रास्वपाले पाएको छ । लुम्बिनीमा समानुपातकि तर्फ ८२ हजार ४ सय १ मत बदर भएका छन् ।