२०८२ चैत्र १०

प्रेस सेन्टरका अनुशासन आयोगका अध्यक्ष घिमिरेसहित ७ जनाद्धारा राजीनामा
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ९, सोमबार १३:२४ गते

बुटवल ९ चैत ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित ७ जनाले सो संगठन छाडेका छन् । प्रेस सेन्टरको साधारण सदस्य समेत नरहने गरी सोमबार केन्द्रीय अध्यक्षसमक्ष राजीनामा पेश गरिएको घिमिरेले बताएका छन् ।
लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमीक शेरचनको प्रेस सल्लाहकारको रुपमा पनि काम गरेका घिमिरेले मुलुकको हितमा स्वतन्त्र रुपमा काम गर्ने गरी राजीनामा दिएको बताए । उनका अनुसार
राजीनामा दिनेमा प्रेस सेन्टरका पूर्व केन्द्रीय सदस्य भुवन कार्की, रुपन्देहीको पूर्व जिल्ला उपाध्यक्ष शारदा शाही, पूर्व जिल्ला सचिव मोहन न्यौपाने, सह–सचिव कल्पना घिमिरे, जिल्ला सदस्यद्वय प्रकाश पाण्डे र नेत्र रुचाल रहेका छन् ।