२०८२ चैत्र १४

ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा प्रदर्शन
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १४, शनिबार १३:३३ गते

बुटवल १४ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि प्रदर्शन भएको छ । बुटवलको मिलनचोकमा भएको प्रर्दशनमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका थिए ।प्रर्दशनमा एमालेका नेता कार्यकर्ता तथा जनसंगठनहरुका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । एमालेको प्रर्दशनलाई लक्षित गर्दै मिलनचोक क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
ओलि पक्राउर्को माले रुपन्देही जिल्ला कमिटीले पनि विरोध गरेको छ । जिल्ला अध्यक्ष यज्ञ गैरेले प्रेस विज्ञप्ती जारी गर्दै ओलिको गिरफ्तारीको निन्दा गरेका छन् ।
आज बिहान प्रहरीले एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एंव पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।