२०८२ चैत्र २४

टोल सरसफाई अभियानमा अगाडी बढ्दै स्थानीय आमा समुह
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २३, सोमबार १३:०८ गते

बुटवल २३ चैत ।

गुल्मी धुर्कोट गाउँपालिका वडा नं ४ साबिक वडा नं ९ अन्तर्गत रौताडीमा रहेको श्रृजनशील आमा समूह तथा टोल विकास संस्थाको आयोजनामा सरसफाई अभियान सञ्चालन गरेको छ ।

टोल सरसफाईको सकारात्मक प्रयासलाई निरन्तरता दिँदै स्वच्छ र सुन्दर गाउँ निर्माणमा सबै मिलेर अघि बढौँ। भन्ने उदेश्यका साथ सरसफाई निरन्तरता दिईने स्थानीय समाजसेबी केशब पोखरेलको धारणा रहेको छ ।

स्थानीय जनप्रतिनिधि माधव पोखरेल तथा स्थानीय आमा समुह र टोल संस्थाका प्रतिनिधी लगायतको उपस्थितिमा सञ्चालन भएको सरसफाई अभियान रौताडी टोलबस्ती तथा मोटर बाटो क्षेत्रको सरसफाई गरी छरिएर रहेका प्लास्टिक, कागज, सिसा लगायतका फोहर वस्तुहरू संकलन गरी उचित व्यवस्थापन समेत गरीएको थियो ।