२०८३ बैशाख ३१
बुटवल ३१ बैसाक ।
रुपन्देही युथ क्लव बुटवल ८ को आयोजनामा बुटवलमा संघसंस्थाहरु बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।
खेलको बिकासको लागि स्थानिय संघसंस्थाहरुबाट खेलाडी उत्पादन गर्ने उदेश्यले अन्तर संघसंस्था भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन ।
क्लवको स्थापना दिवसको अबसर पारेर बुटवलको आम्दालाईन ग्राउण्डमा जेठ १ गते बुटवल उपमहानगरपालिकाका वडानं ८का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले बिहान ७ बजे प्रतियोगितको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । बुटवल उप महानगरपालिकाकाको आर्थिक सहयोग रहेको प्रतियोगिको जेठ २ गते समापन हुनेछ । प्रतियोगितामा भाग लिन स्थानिय २० संघ संस्थालाई पत्राचार गरिएको र करिव १ दर्जन संघसंस्थाहरु सहभागिता रहने क्लबका सचिब बसन्त देव पौडेलले बताएका छन ।
प्रतियागितामा प्रथम हुने नगद २० हजार द्धितिय हुनेले नगद १० हजार शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ठ खेलाडी ४ जनालाई नगद र प्रमाण पत्रले सम्मान गरिने क्लवका अध्यक्ष योगेश पाण्डेले बताएका छन । २०८० सालमा दर्ता भएको क्लवले खेलकुद साथै सामाजिक उत्तरदायित्वका कार्यक्रम गदै आएको छ ।