बुटवल ।
बुटवल उपमहानगरपालिका-२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् । शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शाक्यले ९०९ मत पाएका छन् भने नेपालले ८७५ मत ल्याए । नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका हुन् ।