२०८३ बैशाख ३१
बुटवल, ३१ बैशाख ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ्ग कक्षा १२ को वोर्ड परीक्षा सम्पन्न विद्यार्थीहरुको कार्यस्थलमा मुल्यांकन (OJT) परिचालन सम्बन्धी अभिमुखीकरण विहिवार सम्पन्न भयो ।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत टीकाराम पन्थीले प्राविधिकधार सिभिल इन्जिनियरिङ्ग विषय पढेका विद्यार्थीहरुलाई रोजगारदाता कम्पनीहरुले पनि सकारात्मक रुपमा लिएको यस किसिमको सीप सिकाइमा लगनशीलता अति आवश्यक भएकोले लगनशील भएर सिक्ने तर्फ लाग्न अनुरोध गरे ।
राष्ट्रिय परीक्षा बोर्ड लुम्विनी प्रदेश व्यवस्थापन कार्यालय बुटवलका शाखा अधिकृत कमल अर्यालले विद्यार्थीहरुले (OJT) राम्ररी सिकेर आउनेमा प्रतिवद्व भएको भन्दै देशको अब्बल विद्यालयमा अध्ययन गरेकाले प्रस्तुतीकरण पनि विद्यार्थीहरुको अब्बल हुने धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सिभिल इन्जिनियरिङ्गका इन्चार्ज सपना भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा सिभिल इन्जिनियरिङ्ग कक्षा ११ र १२ का संयोजक विमल अर्यालले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रशिक्षक ई। साम्व पन्थी विद्यार्थीहरुको तर्फबाट विविशा थापा र सुवास पौडेलले धारणा राखेका थिए ।

