२०८३ जेष्ठ ११

अमृत भुसाल रास्वपाको केन्द्रीय स्वास्थ्य विभागमा मनोनित
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १०, आईतवार १३:०९ गते

बुटवल १० जेठ ।
बुटवलका स्वास्थ्यकर्मी अमृत भुसाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग सदस्य पदमा मनोनित भएका छन्।
बुटवलस्थित आधुनिक समाज डेन्टल मार्फत लामो समयदेखि मुख स्वास्थ्य अभियान सञ्चालन गर्दै आएका भुसालले विद्यालयतह देखि समुदाय स्तरमा मुख स्वास्थ्यप्रति जनचेतना फैलाउने अभियानमा विशेष सक्रिय रहदै आएका छन् । भुसालको अभियान मार्फत १ लाखभन्दा बढी विद्यार्थीले निःशुल्क मुख स्वास्थ्य प्रशिक्षण तथा मुख परीक्षण गरिसकेका छन्। स्वास्थ्य क्षेत्रमा उनको निरन्तर योगदान र सामाजिक सक्रियतालाई मध्यनजर गर्दै पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको बताइएको छ। पार्टीका महामन्त्री भुपदेव शाहले भुसाललाई उक्त जिम्मेवारीमा मनोनित गरिएको जानकारी दिएका हुन्। साथै, शाहले भुसाललाई नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्न शुभकामना समेत दिएका छन्।