२०८२ बैशाख १२
बुटवल ।
नेकपा एमाले गुल्मीले पालिकामा खाता खोलेको छ । छत्रकोट गाउँपालिकामा एमाले प्रमुख र उपप्रमुखसहित विजयी भएको छ । गाउँपालिका प्रमुखमा एमालेका रामप्रसाद पाण्डेयले गठबन्धनको तर्फबाट कांग्रेसका अनन्तराम पौडेललाई ६ सय ३८ मतको अन्तरमा पराजित गरेका छन् ।
पाण्डेयले ६ हजार पाँच सय आठ सय ६ र पौडेलले पाँच हजार नौ सय ४८ मत लिएका छन् । उपप्रमुखमा एमालेकी साबित्रा ज्ञवालीले एक हजार तीन सय ४८ मतान्तरले गठबन्धनको तर्फबाट जनमोर्चाका गुमानसिंह पुन मगरलाई पराजित गरिन । ज्ञवालीले छ हजार चार सय ७२ र पुन मगरले पाँच हजार एक सय २४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै छत्रकोट गाउँपालिका वडा नम्बर १ कांग्रेसका घनश्याम न्यौपानेले एमालेको रणबहादुर पल्लीलाई पराजित गरेका छन् । वडा नम्बर २ मा कांग्रेसका नरेन्द्र पल्लीले एमालेका लिला टन्डनलाई पराजित गरे । वडा नम्बर ३ मा एमालेका तेजकान्त अर्यालले कांग्रेस तोयनारायण पन्तलाई पराजित गरेका छन् । त्यस्तै, वडा नम्ब। ४ मा एमालेका गुणाखर ज्ञवालीले कांग्रेसका भेषराज कँडेललाई पराजित गरे ।
वडा नम्बर ५ मा कांग्रेसका रामप्रसाद कँडेलले एमालेका कमलसरोज पाण्डेयलाई पराजित गरेका छन्। वडा नम्बर ६ मा एमालेका नारायण रेश्मीले कांग्रेसका गोपाल बुचालाई पराजित गरेका छन् ।