२०८१ श्रावण १२

बुटवल वडा नम्बर ३ मा माओवादीका ढकाल निर्बाचित
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २, सोमबार ०८:४६ गते

बुटवल ।
बुटवल उपमहानगरको वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवारले वडा अध्यक्ष जितेका छन । वडा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार विष्णु ढकालले वडा अध्यक्ष जितेका हुन । ढकालले १ हजार ३ सय १९ मत ल्याएर चुनाव जितेका हुन् । उनको निकटम प्रतिद्वन्दीमा एमालेका घनश्याम चापागाईले १ हजार ३ सय १० मत प्राप्त गरे । वडामा सदस्यहरुको सबै पद कांग्रेस उम्मेदवारहरुले जितेका छन । निर्वाचन आयोगका अनुसार वडा सदस्य पदमा आई प्रसाद राई र आदील अहमद, महिला सदस्यमा निलम गौतम र दलित महिला सदस्यमा प्रेमशिला धोबी निर्वाचित भएका छन ।