२०८१ मंसिर ३
बुटवल ।
गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भगतसिंह खड्काले ५ हजार ५ सय ८९ मत प्राप्त गरि निर्वाचित भएका छन । उनका निकट्तम प्रतिस्पर्धी एमालेका हिरा एसीले ५ हजार ४ सय ६४ मत ल्याई पराजित भए । गठबन्धनको तर्फबाट १ सय २५ को मतान्तरले खड्काले जित हासिल गरेका हुन ।
उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पार्वती कुवँरले ५ हजार ९ सय ९ मत प्राप्त गर्दा एमालेबाट उम्मेदवार विमला खत्रीले ५ हजार १ सय २१ मत प्राप्त गरिन । यो ८ सय ८८ को मतान्तर हो । इस्मामा वडा नं। १, २, ६ र ५ कांगे्रसले जितेको छ भने वडा नं ३ र ४ एमालेले जितेको छ । यस गाउँपालिकालाई सांसद गोकर्ण विष्टको गृहपालिका भएकाले विशेष चासोले हेरिएको थियो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा एमाले विजयी भएको थियो ।