२०८१ श्रावण १२

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ३, मंगलवार ०८:०३ गते

बुटवल ।

गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता भुपाल पोखरेल निर्वाचित भएका छन् ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पोखरेलले छ हजार ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारीले ४ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।


उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट एमालेकी सीता गिरी छ हजार १ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चन्द्र सुनारले ३ हजार ४सय ८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । त्यस्तै एमाले–माओवादी गठबन्धनबाट वडा नं १ मा चेतमान कुँवर, वडा नं २ मा बाबुराम खड्का, वडा नं ४ वीरबहादुर कुँवर जोगी, वडा नं ५ मा केशव भण्डारी, वडा नं ६ मा कृष्ण नेपाली र वडा नं ७ मा लिलप्रसाद खनाल विजयी भएका छन्। कांग्रेस–समाजवादी गठबन्धनबाट वडा नं ३ मा पदमबहादुर बिष्ट विजयी भएका छन्।