२०८२ असार ८

यी हुन रुपन्देहीमा कांग्रेसले जितेका पालिका
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ५, बिहीबार १०:५८ गते

बुटवल ।

रुपन्देहीका १६ वटा पालिका मध्ये ७ वटा तहको मत परिणाम सार्वजनिक हुदा कांग्रेसले ४ पालिकामा जीत हासिल गरेको छ । एमालेले २ र जसपाले एक पालिकामा जीत हात पारेका छन ।

मत परिणाम सार्वजनिक भएका पालिका मध्ये कांग्रेसले सिद्धार्थनगर नगरपालिका, मायादेवी, कञ्चन र सुद्धोधन गाउपालिकामा जित हात पारेको छ । सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका इस्तियाक अहमद खान विजयी भएका छन । यहा गत निर्वाचनमा एमालेले जितेको थियो । उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार उमा अधिकारी विजयी भएकी छिन । प्रमुखमा कांग्रेसका खानले नौ हजार एक सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले आठ हजार एक सय ३७ मत प्राप्त गरेका छन । एमालेका डा। रामप्रसाद बस्याल सात हजार तीन सय पाँच मत प्राप्त गरी तेस्रो स्थानमा रहे । उपप्रमुखमा एमालेकी अधिकारीले आठ हजार आठ सय १३ मत प्राप्त गरी विजय हुदा उनकी प्रतिस्पर्धी राप्रपाकी विनिता गुप्ताले ६ हजार पाँच सय ४४ मत पाइन् ।

मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । यहा उपाध्यक्षमा लोसपाकी नर्वदा देवी उपाध्याय बिजयी भएकी छन् । पालीका अध्यक्ष पदमा चौधरी ५ हजार ३ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ९लोसपा०का उम्मेदवार राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा बिजयी चौधरी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदा देवी उपाध्याय ४ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरेकी छन् । तारादेवी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएकी छन् । कांग्रेसले सुद्धोधन गाउपालिकामा पनि जित हात पारेको छ । शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बिष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल ७ हजार ९ सय ८३ मत ल्याइ विजयी भएका हुन् । निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार उनका निकटतम प्रतिद्धन्द्धी निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका किशुन चन्द्र चौधरीले ६ हजार २ सय ७० मत प्राप्त गरेका छन । यहा जसपाका उम्मेदवारले २ हजार ६ सय २८ मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी शान्ता देवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धन तर्फ नेकपा माओवादीकी शारदा भुषालले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन् । यहा जसपाका उम्मेदवारले २ हजार ७ सय ६० मत प्रापत गरेका छन । शुद्धोधनमा वडा नम्वर एकमा जसपा, ३ मा एमाले र वाकी वडामा कांग्रेस विजयी भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्ष पद पनि नेपाली कांग्रेसले जितेको छ । मतदान अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यहा उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन । गाउँपालिका अध्यक्षमा नवराज ढकालले एमालेका दिनानाथ आचार्यलाई १४३९ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले ७ हजार ४सय ९९ मत पाएर निर्वाचित हुदा आचार्यले ६०६० मत पाएका छन् । २०७४ को चुनावमा यो पालिका एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरे अनुसार पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी भइन् । मौसमी रुख चिन्हबाटै लडेकी थिइन् ।