२०८१ श्रावण १२

गुल्मीको धुर्कोटमा नव नियुक्त जनप्रतिनिधीहरुको पदभार ग्रहण ४ बुदे प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ९, सोमबार १७:४३ गते

बुटवल ।
स्थानीय तह निर्वाचन २०७९ मा धुर्कोट गाउँपालिकामा निर्वाचित नव नियुक्त जनप्रतिनिधीहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमका बिच नव नियुक्त जनप्रतिनिधीहरु गाउँपालिका अध्यक्ष भुपाल पोखेरल र उपाध्यक्ष सिता गिरीले पदभार ग्रहण गरे सगै ४ बुदे प्रतिबद्धताका निर्णयहरु समेत गरेका छन । जसमा विद्युतीय चुलोमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्ने साथै दलित परिवारका छोराछोरीहरुलाई एस।ई।ई। पछिको ३ वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने , विभिन्न कारणले बुवाआमा नभएका २० जना विद्यार्थीलाई १२ कक्षा सम्मको आवासिय शिक्षा सुनिश्चितता गर्ने र प्राकृतिक विपत्ति बाट हुने आवासको क्षतिलाई राहात उपलब्ध गराउन प्रत्येक घरको विमा गर्ने व्यवस्था मिलाई, विमा वापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने प्रतिबद्धताका निर्णयहरु गरेको गाउपालिका अध्यक्ष भुपाल पोखरेलले बताएका छन ।