२०८१ श्रावण १२

दीपमा विदाई तथा शुभकामना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १०, मंगलवार ०८:३६ गते

बुटवल ।
दीप बोर्डिङ हाई स्कुल बुटवलले एक कार्यक्रमका बिच कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै मायाको चिनोद्वारा सम्मान तथा विदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले कक्षा १२ पछि उच्च शिक्षा शुभारम्भ हुने भएकाले मिहिनेतका साथ अध्ययन गरी परिवार तथा विद्यालयको अपेक्षा पूरा गर्न र आफ्नो भविष्य समुज्जल बनाउन विद्यार्थीहरूलाई शुभकामना दिएका थिए । कार्यक्रममा अष्ट्रिज नेपालका अध्यक्ष सी.पी. शर्माले अरुले गरेकै काममा सफलताको खोजी गर्न भन्दा आफ्नो क्षमता र रुचिअनुसार आफ्नो करियर अगाडि बढाउन उत्प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने दीप सांस्कृतिक परिवार तथा कक्षा ११ र १२ विद्यार्थीहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सुन्दर भविष्यका लागि समयमै मिहिनेत गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै परीक्षा सफलताको शुभकामना दिएका थिए । त्यस्तै वि.व्य.स. सदस्य तथा प्लस टु संयोजक वसन्तकुमार जोशी, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझी र विज्ञान सङ्कायका संयोजक कमल नेपालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय तथा विद्यार्थी द्वय अनुसन्धान पोखेल र प्राप्ति सुवेदीले गरेका थिए ।