२०८१ चैत्र २८

एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २९, आईतवार ०९:०४ गते

बुटवल ।
पाँचौ जिल्ला स्तरिय चित्रकला प्रतियोगिता रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । नेशलन निजी तथा आवासिय विद्यालय एशोसियशन (एन प्याब्सन) रुपन्देहीले आयोजना गरेको प्रतियोगिताको उपाधि न्यु लुम्विनी र सुनगाभा माविले जितेका छन् । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको जुनियर र कक्षा ६ देखि १० सम्मको सिनियर तर्फको प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा जुनियर तर्फ न्यू लुम्बिनी ई.बो.स्कुल देवदहका प्रिन्सिका पाइजा प्रथम, ग्यालेक्सी ई.बो.स्कुल र सैनामैनाका निश्चल घिमिरे द्वितिय, सगरमाथा सेकेण्डरी स्कुल सितलनगरका आस्ना खरेल तृतीय र सेन्ट जोसेफ ई.बो.स्कुल तिलोत्तमाका प्रिन्सिका गुरुङ्गले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै सिनियर तर्फ सुनगाभा पब्लिक सेकेण्डरी स्कुल सैनामैनाका कृतिमा महत्रा क्षेत्री प्रथम, बुटवल ग्लोरी ई.बो.स्कुल बुटवलका प्रिन्स थापा द्वितिय, स्कलर्स होम ई.बो.स्कुल बुटवलका सबि गौतम तृतीय र न्यू लुम्बिनी ई.बो.स्कुल देवदहका नमुना डोबलले प्रोत्साहन पुरस्कार हात पारेका हुन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः नगद रु दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको एन प्याब्सनका सचिव बाबुराम बञ्जाडेले जानकारी दिए । प्रतियोगितामा स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड अप्लाइड साइन्स लुम्बिनी बौद्ध बिश्वबिद्यालयका डिन उकेश राज भोजु र नेपाल कमर्सियल आर्ट संघ रूपन्देहीका उपाध्यक्ष खेम बहादुर बिक ले निर्णायकको भूमिका निभएका थिए ।

नेशनल प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षता र नेशनल प्याब्सन केन्द्रिय सचिव कृष्णप्रसाद पौडेलको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सचिव पौडेलले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताहरु सहयोगि सावित हुने भएकाले एन प्याब्सनले जिल्लादेखि केन्द्रीय स्तरसम्म यस्ता कार्यक्रम आयोजनालाई जोड दिएको बताए । विद्यार्थीका सबै प्रकारका प्रतिभालाई उजागर गरि दक्ष जनशक्ति उत्पादनमा सहयोगि बन्दै आएका निजी विद्यालयलाई सरकारले विभेद गर्न नहुने सुझाव दिए । विगत दुई वर्ष कोभिड १९ को कारण नियमित यस्ता जिल्ला तहका कार्यक्रमहरु सम्पन्न हुन नसकेतापनि पछिल्लो समय सहज अवस्था भएसँगै यस्ता नियमित कार्यक्रमहरु बढाउनुपर्ने र विद्यार्थीहरुको क्षमतालाई पहिचान गरि राष्ट्रिय स्तरमा समेत विद्यार्थीहरुलाई चिनाउन र स्थापित गर्न नेशनल प्याब्सनले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय सदस्यहरु बालकृष्ण तिवारी, देउप्रकाश राई, लुम्बिनी प्रदेश कमिटीका सहसचिव जे.बी.क्षेत्री लगायतले विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मनतब्य राखेका थिए । जिल्ला उपाध्यक्ष विलप्रसाद गुरुङ्गंको स्वागत, कार्यक्रम संयोजक राजु गरुङ्गंको धन्यवाद ज्ञापन र सचिव बाबुराम बञ्जाडेको सञ्चालनमा भएको कार्यक्रममा जुनियर र सिनियर तर्फ गरि ४० जना प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला सहसचिव बिनोद थापा मगरले जानकारी दिए ।