२०८१ श्रावण १२

रुपन्देही उद्योग संघद्वारा बजेट सम्बन्धीअन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २९, आईतवार १०:४५ गते

बुटवल ।
रुपन्देही उद्योग संघको आयोजनामा आ.व. २०७९÷८० को बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल र आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्ती आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रमुख भन्सार अधिकृत ढकालले बजेटमा उल्लेखित उद्योग व्यवसाय क्षेत्रसँग सम्बन्धित भन्सारका विषयहरुमा र प्रमुख कर अधिकृत आचार्यले राजस्व व्यवसाय कर एवं आयकर लगायतका विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष माधब प्रसाद पौडेलले बोल्दै सबै उद्योगी व्यवसायीहरुलाई आ—आप्mना विषयहरुमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताएका थिए । साथै उनले अन्तक्र्रियाबाट जिज्ञासाहरुको समाधान हुने विश्वास बताएका थिए ।

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरु उपर उद्योगी रामप्रसाद बस्याल, मेघराज भण्डारी, रामप्रसाद खनाल,राजु अधिकारी दिलु शाही बिष्णुप्रसाद रेग्मी लगायतले आप्mना जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा उठेका विषयहरु उपर दुबै कार्यालयका प्रमुखहरुले प्रस्ट पारेका थिए । सो अवसरमा लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एवं संघका अध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले कर तथा भन्सारका कर्मचारी साथीहरुलाई उद्योग मैत्री बन्न आग्रह गर्नु गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले संघले उद्योगीहरुको आवश्यकता बमोजिम कार्यक्रमहरु आयोजना गरेकोमा खुशीव्यक्त गरे ।

संघका प्रथम उपाध्यक्ष, कृष्णप्रसाद पराजुलीको धन्यवाद ज्ञापन र महासचिव हरिबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा करीब २०० जना उद्योगीहरुको सहभागिता रहेको थियो ।