२०८२ असार ८

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २९, आईतवार ११:०१ गते

बुटवल ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाको बहुमत संख्याले पारित गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो । सभाुमख पुर्ण बहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाकाको बहुमत संख्याले पारित गरेपछि अब नीति तथा कार्यक्रम पारित भएको हो । सभामा सम्वोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्वोधन गरिने गरी नीति तथा कार्यक्रम लिइएको बताउँदै लुम्बिनीको प्रदेशका माननीयहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्याबहारिक रुपमा कार्यन्वयन गर्नका लागि प्रदेश सरकार गतिशिल रहेको बताउँदै अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले संवोधनको क्रममा राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासकामा एक हुनका लागि सबै माननीयहरुलाई अपिल गरे । उनले भनेः–“हाम्रो राजनीतिक विचार दर्शन फरक फरक होला र छ पनि तर लुम्बिनीको विकासका लागि एक हुनु पर्दछ । हाम्रो सबैको दायित्व र जिम्मेवार बरावरी छ । हामी समेचतापूर्वक रुपमा लागौँ र लुम्बिनीलाई समृद्ध बनाऔँ । उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सकरकार जिम्मेवार भएको बताए ।