२०८१ श्रावण १२

अड्गुरी समाजद्धारा २२ बिद्यार्थीलाई छात्रवृत्ति
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ३१, मंगलवार १७:४१ गते

बुटवल ।
अड्गुरी समाज रुपन्देहीको आयोजनामा अर्घाखाचीको पाणिनी गाउँपालिका वडा न. ७ का सामुदायिक बिधालयका बिद्यार्थीहरुलाइ छात्रवृत्ति अन्तरगत शैक्षिक सामग्रीहरु बितरण गरिएको छ । अड्गुरी भित्र संचालित सामुदायिक बिधालयका २२ जना विद्यार्थीहरुलाइ शैक्षिक सामग्री , झोला र पोशाक बितरण गरिएको समाजका महासचिव नारायण प्रसाद घिमिरेले बताए ।
कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, जिल्ला समन्वय समिति अर्घाखाचीका सदस्य कमल प्रसाद घिमिरे, वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष शिव बस्नेतले समाजको उद्देश्यका बारेमा चर्चा गरेका थिए । पाणिनी गाउँपालिका वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारी वडा सदस्यहरू प्रेम थापा,बिन्दु घर्ती,कल्पना बि.क., जनसेवा माध्यमिक बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासे, बिद्या बिनोद माध्यमिक बिधालयका प्रधानाध्यापक माधव भुसाल , शिव मदन माध्यमिक बिधालयका शिक्षक धुर्वराज सुवेदी, भगवती आधारभुत बिधालयका प्र.अ. धर्मराज पन्थी , . अध्यक्ष राम बहादुर कार्की , नेपाल रेड्क्रस शाखाका सचिव नेत्र कुवर, अड्गुरी स्वास्थ चौकीका प्रमुख पुनाराम भुसाल, समाजका निवर्तमान अध्यक्ष लुकराज न्यौपानेलगायत स्थानिय संघ सस्थाका ब्यक्रित्वहरुको उपस्थिति रहेको थियो ।