२०८१ श्रावण १२

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्धारा स्थापना दिवशमा बिबिध कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ असार १३, सोमबार १७:०४ गते

बुटवल ।
विगत २ वर्ष देखि कोभिड महामारीका कारण स्थापना दिवश मनाउन नपाएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले यस वर्ष आफनो २४ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरि ३ दिन मनाउने भएको छ । संघले मानविय सेवा सहित पर्यटकीय स्थलहरुको सरसफाई संस्थाको संस्थापकहरुलाई सम्मान्न र क्यान्सरपीडित व्यवसायीलाई राहात रकम प्रदान गरी मनाउन लागेको छ ।
संघले यस वर्ष पहिलो दिन रगतको अभाववाट कोही कसैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यस्तै मंगलवार एैतिहासिक तथा पर्यटकीय स्थल रामापिथेकश पार्कमा सरसफाई गर्ने र बुधवार क्यान्सरपीडित व्यवसायी दूर्गा खनाललाई स्वास्थ्य उपचारका लागि राहात पुगोस भनेर राहात रकम उपलब्ध गराउने र सोही दिनसंस्थाको स्थापन गर्ने संस्थापकहरुलाई सम्मान्न गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए ।
स्थापना दिवशको उपलक्ष्यमा आयोजना गरिने ३ दिवशीय कार्यक्रमलाई सभ्य र भव्य रुपमा मनाउनका लागि विभिन्न संयोजकहरु तय गरिएको छ । समितिका संयोजकहरुले कार्यक्रमको तयारी व्यापक रुपमा गरेको बताए । रक्तदान संयोजक थम्मन भण्डारी रामापिथेकश पार्क सरसफाई संयोजक माधव ढकाल र क्यान्सरपीडित व्यवसायीलाई राहात प्रदान संयोजक कृष्ण प्रसाद पाण्डे संस्थाले दिएको जिम्मेवारीलाई महत्वका साथ सम्पन्न गर्ने गरि तयारीमा लागेको बताए ।
सोमवार आयोजना गरिएको रक्तदानमा ८२ जनाले रक्तदान गरेको संयोजक थम्मन भण्डारीले बताए । संस्थाले व्यवसायीहरुको हक हितका खातिर २०५६ सालमा संस्था स्थापन गर्न गर्नु भएको योगदानको कदर र सम्मान्न गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गदै संस्थापकहरुलाई सम्मान्न गर्ने निर्णय गरिएको महासचिव माधव कुमार खनालले बताए ।व्यवसायीलाई परेको पीडामा मलम लगाउन भन्दै क्यान्सरपीडितलाई राहात रकम प्रदान गर्ने निर्णय गरिएको संस्थाका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।
दुई वर्ष सम्म स्थापना दिवश मनाउन नपाएको संस्थाले यस वर्ष सामाजिकक्षेत्रमा, पर्यटनको क्षेत्रमा र व्यवसायीहरुको सम्ममान्न तथा क्यान्सरपीडित व्यवसायीलाई केही भएपनि राहात रकम प्रदान गर्नुले संस्था स्थापना गर्दाको उद्देश्यमा टेवा पुराएको व्यवसायीको भनाई रहेको छ ।