२०८२ असार ८

कांग्रेस रुपन्देहीले जनप्रतिनीधीलाई प्रशिक्षण तथा बधाई दिने
  • लुम्बिनी खोज
  • २०७९ असार १३, सोमबार १७:११ गते

बुटवल ।
नेपाली कांग्रेस रुपन्देहीले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा जिल्लामा निर्वाचीत जनप्रतिनीधीहरुलाई प्रशिक्षण तथा बधाई दिने भएको हो । जनताको कामलाई छिटो छरीतो, प्रभावकारी रुपमा सचांलन तथा हौसला प्रदान गर्ने उदेश्यले पार्टीले जनप्रतिनीधीलाई सम्मान गर्न लागेको हो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा निर्वाचन पछि पहिलो पटक आईतवार भैरहवामा बसेको जिल्ला कार्यसमीतीको बैठकले निर्वाचन लगत्तै जनप्रतिनिधीहरु निती तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुु परेको र अहीले उक्त कार्यमा सकीए लगत्तै यही असार १८ गते शनिवार दिउसो भैरहवा स्थित युनिक बैनक्वीटमा दिउसो २ बजे सम्मान तथा बधाई कार्यक्रम राख्ने निर्णय गरेको हो । यस लगत्तै पार्टीले बिज्ञहरुलाई बोलाएर सवै निर्वाचीत जन प्रतिनीधीहरुलाई प्रशिक्षण पनि दिने भएको छ । कार्यक्रमकोलागी पार्टी उपसभापति डा अनिता ढुुङ्गाना शाहको सयोंजकत्वमा तयारी समीती समेत गठन गरीएको सचिव हरी काफ्ले जानकारी दिए ।
त्यस्तै कांग्रेसले स्नाथीय तह निर्वाचन स्वच्छ, निस्पक्ष र धाधली रहीत रुपमा सम्पन्न गराउने र गराउन सहयोग गर्ने निर्वाचन कार्यलय, सुरक्षाकर्मी, सचारकर्मी, पार्टीका नेता तथा कार्यक्रता, शुुभेच्छुक एवं भातृसंस्था एवंम मतदानमा सहभागी हुने आम मतदातालाई समेत धन्यबाद दिएको छ । बैठकमा बोल्दै पार्टी सभापति एवं तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणले निर्वाचीत जनप्रतिनीधीहरुलाई आफुलाई सासक नठानी जनताको सेवक भएर काम गर्नुु पर्ने बताए । उनले स्थानीय तहसगं जनताको धेरै अपेक्षा र भरोषा रहेको भन्दै जनताको विस्वासमा आघात नपुुग्ने गरी काम गर्नुु पर्नेमा जोड दिए ।