२०८१ श्रावण १२

समाजसेवामा गौरीमायाको हुटहुटी
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ६, शुक्रबार ०९:४४ गते

गौरीमाया थापा उमेरका हिसावले ७५ वर्षकी पुग्न थालिन । ७५ वर्षे उनको जीवन यात्रामा धेरै वर्ष नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतका विभिन्न स्थानमा बस्दा वितेका छन । बाल्यकाल देखि विद्यार्थी जीवन भारतमा बिताएकी उनले त्यस यताका कयौ वर्ष नेपालका विभिन्न जिल्लामा बिताएकी छिन । बुटवलको कालिका नगरमा स्थायी बसोवास गर्ने गौरीमाया पछिल्लो दसक समाजसेवामा तल्लिन छन । ढल्कदो उमेर, बेला बेला शरिरको अस्वस्थ्यताका बाबाजुत उनलाई समाजमा केही न केही काम गर्न पाए हुन्थ्यो भन्ने दैनिक जसो हुन्छ । आफूसग भए अरुलाई सहयोग गर्नुपर्छ, सहयोग गर्दा सकिदैन, मनमा आनन्द आउछ, मन आनन्द आउदा जीवन सुखमय हुन्छ, उनी भन्छिन ।


गौरीमायाको जन्म २००४ साल ७ महिना ७ (कात्तिक सात)गते गुल्मीको ठूलो लुम्पेकमा भएको हो । माइली छोरीका रुपमा जन्म लिएकी गौरीमायाका बाबा भारतीय आर्मिमा रहेका कारण उनी बाबासगै भारतका विभिन्न ठाउमा बस्ने अवसर पाइन । देहरादुन, सिमला, कोलकता(कलकत्ता), जम्मुकश्मिर जस्ता ठाउमा उनका बाल्यकाल देखि विद्यार्थी जीवन विते । भारतीय आर्मीका क्याप्टेन रहेका गौरीमायाका बाबा जागिरे जीवनमा जहा जहा जान्थे गौरीमाया त्यहा त्यहा पुग्थिन । त्यहाका स्थानिय शिक्षण सस्थामा अध्यान गर्थिन । यही क्रममा सन १९६६ सालमा कोलकताबाट एसएलसी उत्तिण गरिन भने देरादुनबाट आइएसम्मको अध्यान पुरा गरिन् ।

 

भारतमा अध्यान, नेपालमा शिक्षण
आइएसम्मको अध्यान पछि गौरीमायाको भारतको बसाइ टुंगियो । परिवार भैरहवामा बस्न थालेसगै उनी भैरहवामा बसोबास गर्न थालिन । बाबा भारतीय आर्मीबाट अवकासपछि भैरहवामा गौरीमायाको बसाइ शुरु भएको २०२४ सालमा हो । भैरहवा बसाइ शुरु भएपछि विवाहका कुरा चल्न थाले । २०२५ सालमा भुमिसुधारमा शाखा अधिकृतमा कार्यरत मोहनसिंह थापासग बैवाहिक यात्रा शुरु भयो । विद्यार्थी कालमा बाबाको जागिरे जीवनमा भारतका विभिन्न स्थान घुमेकी गौरीमायाले यहा श्रीमानको जागिरे जीवनका कारण विभिन्न जिल्लामा पुग्ने अवसर पाइन ।
डोटी, सल्यान, रुकुम, अर्घाखाची, स्याङजा, रुपन्देही, कपिलवस्तु, काडमाण्डौ., पोखरालगायतका स्थानमा पुगिन । यस क्रममा गौरीमायाले शिक्षण पेशा समेत अगालिन । भैरहवामा र डोटीमा रहदा उनले शिक्षण पेशामा आवद्ध रहिन ।
श्रीमान उपसचिव पदबाट अवकास भएपछि गौरीमाया समाजसेवामा तल्लिन रहदै आएकी छिन । महिला स्वयसेविकाका रुपमा लामो समय काम गरेकी उनीसग टोल विकास समितिको नेतृत्वको अनुभव छ । आफू सानो छदा देखि नै बाबा आमाले समाजका लागि गरेका कामहरुबाट गौरीमायाले प्रेरणा लिइन । दुःखमा परेकाहरुका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास बाबा आमाबाट भएको बताउने गौरीमाया टोलको नेतृत्वमा रहदा टोलमा हुने झगडाहरु मिलाउने देखि सरसफाइमा टोलका बासिन्दालाई अग्रसर गराउन तल्लिन हुन्थिन । फोहोर मैलाको ब्यवस्थापन गर्दै वातावरण स्वच्छ राख्ने र टोलको पहिचानमा सकरात्मक प्रभाव पार्न उनी तल्लिन भइन ।
को हुन गौरीमायालाई प्रेरणा दिनेहरु ?
बुटवलको स्थायी बसाइका क्रममा गौरीमायाको संगत मनवीर गर्वुजा, माया गर्वुजाहरु सग हुन गयो । सानो छदा बाबा आमाले गरेका कामको छाप दिमागमा राम्रैसग रहेको अवस्थामा मनवीर र मायाले समाजसेवामा गरेको योगदानले थप प्रेरणा र हौसल्ला दियो । यसै क्रममा एक दिन माया गर्वुजा, शकुन्तला पुन, ओमि पुनलगायतसग उनी एउटा कार्यक्रममा सहभागि भइन । पश्चिम नेपाल विकास ट्रष्टको कार्यक्रममा ट्रष्टका सस्थापक पोखराका युवा पर्यटन ब्यवसायी गोपाल भुसाल देखि बुटवलका समाजसेवी वेलसिंह थापा सम्मको सहभागिता रहेको थियो । सो कार्यक्रमले उनको यात्रा समाजसेवामा अनवरत रुपमा गर्न थप प्रेरणा दियो । बुटवलका एक समयका वरिष्ठ समाजसेवीहरु मनवीर, वेलसिंहको निधन भइसकेको छ, तर उनीहरुले समाजका लागि गरेका काम अरुका लागि प्रेरणा बनेका छन । मलाई समाज सेवामा अगाडी बढ्न उहाहरुको ठूलो योगदान छ, उहाहरु सम्मानित हुनुहुन्छ, उहाहरुले समाजका लागि गरेजस्तो योगदान अरुले गरेको म देख्दिन, –गौरीमाया भन्छिन ।
गौरीमायालाई समाजसेवामा अगाडी बढ्न उनका श्रीमानको पनि योगदान छ । श्रीमानले मलाई सक्दो सहयोग गर्नुभएको छ, मलाई अगाडी बढाउनुमा उहाको पनि महत्वपूर्ण योगदान छ, –उनी भन्छिन । घरपरिवार कसैसग पनि अहिलेसम्म सानोतिनो समेत झगडा नभएको बताउने गौरीमाया झै झगडा गर्न तर्फ कोही पनि लाग्न नहुने बताउछिन । अरुको सेवा गर्दा आन्नद लिन जान्नुपर्ने बताउने उनी भन्छिन, –अरुको सेवा गर्दा निकै आनन्द आउछ, मन शान्त हुन्छ, मन खुशी भइ आत्मसन्तुष्टी मिलिरहेको बखत अन्य शुभचिन्तकहरुले राम्रो काम गर्नुभयो भन्दै हौसल्ला दिदा राम्रै काम गरेछु जस्तो लाग्छ । गरिब, दुखी, मृगौला पीडित, दृष्टिविहिन, अपाङंदेखि विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएकी गौरीमाया अझै पनि थप सहयोग गर्न तयार रहेको बताउछिन । हङकङ, चीन र भारतको यात्रा पछि स्वदेशको बसाइका क्रममा समाजप्रति केही गर्नुपर्छ भन्ने हुटहुटीले समाजसेवाको यात्रा तय गरेकी गौरीमाया सक्दो सहयोग गर्न तयार रहेको बताउछिन ।
गौरीमायाको नेतृत्वमा के के भए त काम ?

गौरीमाया विगतमा टोल विकास समितिसहित विभिन्न क्षेत्रमा नेत्वृत्वमा रहेर काम गरिन । तर पछिल्लो समय उनले पश्चिम नेपाल विकास टष्टको नेतृत्वमा रहेर लामो समय काम गरिन । पोखराका युवा पर्यटन ब्यवसायी गोपाल भुसालको अग्रसरतामा स्थापना भएको पश्चिम नेपाल विकास ट्रष्टमा विभिन्न भुमिकामा रहेर उनले एक दशक विताएकी छिन । उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुदै अध्यक्ष भएर उनले काम गरिन । ७ वर्ष सम्म अध्यक्षको भुमिका निर्वाह गरेकी गौरीमायाले समस्यामा परेका धेरैलाई सहयोग गरेको बताउछिन । घरमै सहयोग लिन आउने देखि सस्था मार्फत सहयोग लिन आउनेहरुलाई सहयोग गरेको उनी बताउछिन । पैसा, खाद्यान्य, लताकपडा के दिदा सहयोग पुग्छ, ती दिएर सक्दो सहयोग गरेको अनुभव उनीसग छ ।
बुटवलको कालिका माविमा अध्यानरत एक दृष्टिविहिन विद्यार्थीलाई ल्यापटप सहयोग गरेकी उनले मृगौला सम्वन्धी स्वास्थ्य समस्या भएकालाई नगद सहयोग समेत गरेकी छिन । गौरीमाया सस्थाको नेतृत्वमा रहदा पश्चिम नेपाल विकास ट्रष्टले जाडोको समयमा कपिलवस्तुमा न्यानो कपडा अभियान मार्फत विपन्न वर्गलाई कपडा वितरण ग¥यो । बाढीबाट पीडीत भएका बर्दियाकालाई तथा आगलागी पीडीत गुल्मीका केही बासिन्दालाई विभिन्न किसिमको सहयोग ग¥यो ।
यस अवधीमा सरकारी विद्यालयमा शौचालय निर्माणमा पनि सहयोग ग¥यो । त्यस्तै प्रगतिशिल महिला समुह विनायकपुर बुटवल १४ का महिलालाई आर्थिक सहयोग गर्ने काम पनि भयो । बुटवलको पिसपार्कमा तथा अर्घाखाचीको पाणिनी गाउपालिकामा एभोकाडका विरुवा रोप्ने काम पनि भयो । अर्घाखाचीको धातिवाङको एक विद्यालयलाई शैक्षिक सामाग्री समेत उपलब्ध गराउने काम भए । कोरोना महामारीका समयमा सार्वजनिक स्थलमा पानी टंयाकी, धारासहित हात धुने ब्यवस्था मिलाउने काम ट्रष्टले केही ठाउमा ग¥यो ।