२०८१ पुष ११

बालबालिकालक्षित कोभिड १९ विरुद्धको दोश्रो खोप शुरु
  • लुम्बिनी खोज
  • २०७९ श्रावण २४, मंगलवार १६:०८ गते

बुटवल ।
बुटवल उपमहानगरपालिकाभित्र बालबालिकालक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ ।
५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।
‘बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने–यी विद्यालयहरुमा यसअघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिइनेछ ।’
बुटवल उपमहानगरपालिकाका खोप संयोजक कल्पना भुसालका अनुसार साउन २२ गते आइतबारदेखि साउन ३१ गते मंगलबारसम्म खोप अभियान सञ्चालन हुनेछ ।
‘बुटवल उपमहानगरपालिकाका लागि आवश्यक खोप हामीसँग आइसकेको छ, उनले भने–थप खोप आवश्यक भएमा थप खोप ल्याएर लक्षित बालबालिकालाई खोप दिइनेछ ।’
उनले खोप कार्यक्रमका लागि सम्बन्धित विद्यालयहरुलाई पूर्वजानकारी दिइसकेको र सोहीअनुसार खोप अभियान सञ्चालन भएको बताए ।