२०८१ चैत्र २८

नविनका विद्यार्थीलाई आचार संहिता अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०७९ श्रावण २५, बुधबार ०८:४९ गते

बुटवल  ।

नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई आचार सहिता सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । विद्यार्थीहरुलाई विद्यालयको आचार सहिता, अनुशासन, शिक्षक तथा प्रशिक्षण परिचय लगायतमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रकाश पारेका थिए ।

 

व्यवस्थापन समूह इन्चार्ज अर्जुन खनाल, सिभिल इन्जिनियरिङ समूह इन्चार्ज भिमराज खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, शिक्षक प्रतिनिधि केशवराज पन्थ, नवीन विद्यार्थी क्लवका अध्यक्ष विशाल पोखरेललगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको संचालन कक्षा ११÷१२ अतिरिक्त क्रियाकलाप इन्चार्ज अंग्रेजी शिक्षक दीपक ज्ञवालीले गरेका थिए । व्रिटिश काउन्सिलद्वारा इन्टरनेशनल स्कूल अर्वाड २०१७–२०२०,२०२१–२०२४ प्राप्त विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा अध्यापन हुन्छ । २०७० मा देशका उत्कृष्ट ३३ विद्यालयहरु मध्ये १९ औ, २०७५ मा लुम्विनी प्रदेशमा पाँचौ रुपन्देहीमा द्वितीय, २०७६ मा व्यवस्थापन समूह कक्षा १२ मा अपेक्षा चौधरीले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको परीक्षामा ४ जीपिए ल्याएकी थिइन् । नविनमा अधयान गरेका विद्यार्थीहरु मध्ये २०७८ मा २ जनाले एमविविएस, ५ जनाले पुलचोक इन्जिनियरिङ, ३ जना पोखरा विश्वविद्यालय र १ जनाले उडिसाको किट विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । शिक्षा विभागको आ.व.२०७८÷७९ को वार्षिक कार्यक्रम अन्तरगत उत्कृष्ट सिकाइ उपलब्धी भएका विद्यालयहरुलाई सिकाइ सुद्विढिकरण एवं कार्य सम्पादनमा आधारित अनुदान वापत राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७८ मा संचालित कक्षा १२ को बोर्ड परीक्षाका आधारमा बुटवल उपमहानगरपालिका सर्वोत्कृष्ट भएर २ लाख बुटवल उपमहानगरपालिकाबाट पुरस्कार प्राप्त गरेको छ ।

विद्यालयले बुटवल पुर्व बर्दघाटसम्म र पश्चिम बनभुसडी चौकी, पत्थर डाँडा हुदै विद्यालय, मनापकड़ी हुदै विद्यालय, सालझन्डी, मुर्गिया, बेल्वास, मिलनचोक, हुदै विद्यालय र मोहनगंज, बुद्वचोक, सौराहा हुदै विद्यालय गरि ५ वटा स्कुल बस संचालन गर्दै आएको छ । विद्यालयमा कक्षा ११ मा ८ सय ५० विद्यार्थीहरु भर्ना भएका छन । विद्यालयमा करिव ४ हजार विद्यार्थी १ सय ५० शिक्षक तथा प्रशिक्षक कार्यरत रहेको प्रधानाध्यापक बस्नेतले बताए ।