२०८१ पुष ११

­रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ३१, मंगलवार १७:०३ गते

बुटवल ।
रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको सोमबार राति बुटवल बेलबासस्थित आफ्नै निवासमा ६८ बर्षको उमेरमा निधन भएको हो ।

मंगलबारनै पत्रकार पोखरेलको बुटवल स्थित मैनाबगरको तिनाउघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलको  बुटवल मैनाबगरमा अन्तिम दाहसंस्कार गरिएको हो। पत्रकार महासंघ रुपन्देहीले झन्डा ओढाएर श्रद्धाञ्जली दिएको छ। श्रद्धाञ्जलीसभामा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाई, विनोद पहाडी, डिआर घिमिरे, मोहन चापागाई, निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, विभिन्न पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतज्ञ एवं उद्योगी व्यवसायीहरुको उपस्थिती थियो ।

पोखरेल मोफसलका मिडियाहमा लामो समयदेखि सम्पादकको भूमिका निर्वाह गर्दै आएका थिए । उनी हाल बुटबल टुडे दैनिकको सम्पादक सल्लाहकारको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले महासंघ रुपन्देहीका पुर्ब उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी पत्रकार बसन्त पोखरलेको निधनले रुपन्देही र सिंगो राष्टले एक कर्मठ र जुजारु पत्रकार गुमाएको बताएका छन । पत्रकार पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए ।

पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकारसमेत हुन् । पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन ।