२०८१ पुष १२

जनताको गुनासो सुन्न घर–घर जादै रुपन्देही कांग्रेस
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १०, शुक्रबार ०८:५४ गते

भैरहवा ।
आगामी मसिंर ४ गते हुने सघीय र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले रुपन्देहीमा ‘जनताको साथमा कांग्रेस’ अभियनलाई बिषेस रुपमा सचांलन गर्ने भएको छ । अभियानको शनिवार पार्टी कार्यालयमा उद्घाटन गरी पहीलो चरण अन्तरगत कार्यक्रमको उद्घाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम गृहमन्त्री बालकृष्ण खाणले गर्ने भएका छन् । अभियान अन्तरगत आगामी भदौ २४ गते सम्म सघिय र प्रदेश निर्वाचन क्षेत्रहरुमा कार्यक्रम गरिने छ । भदौ २४ गते बिपी जयन्ती मनाउने र सोही दिन कार्यक्रम पनि समापन गरीने छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्व एवं केन्द्रीय प्रतिनिधी नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख अतिथ्यतामा बिहीबार पार्टी कार्यालय भैरहवामा बसेको जिल्ला कार्यसमीतीको बैठकले जनताले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने र भावना बुुझ्न क्षेत्रीय समीती र प्रदेश समीतीहरुलाई समेत गाउँ गाउँमा प्रतिनीधी खटाउन निर्देशन गर्ने निर्णय गरेको छ । बैठकका प्रमुख अतिथी एवम केन्द्रीय प्रतिनीधी चौधरीले निर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गर्ने, जनताका आवाज सुन्ने, कांग्रेस नेतृत्वमा बिगत र बर्तामानमा भएका राजनैतीक, आर्थीक तथा सामाजीक उपलब्धीहरु बरे जनतालाई बुुझाउने तथा गठबन्धन गरेर निर्वाचनमा जानुु परेको बिषय बारे पार्टीकका कार्यकर्ता, शुुभेच्छुुक र आम नागरीकलाई बझाउनुु रहेको बताए । नागरीकता ऐन, एमसीसी र राष्ट्रियताका बारेका बिपक्षीले चलाईरहेको भ्रम चिर्नुु पनि अभियानको उदेश्य रहेको उनले बताए ।
बैठकद्धारा बिभिन्न निर्णय
बिहीबारको बैठकले स्थानीय तह निर्वाचनको सघांरमा पदबाट राजीनामा दिएका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरी लम्सालको राजीनामा स्किृत गर्दै अर्को ब्यबस्था नभए सम्मका लागी उपसभापति पर्शुराम ढकाललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । त्यस्तै भदौ १६ गते समाजबादी चिन्तक नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदिप गरीको स्मृतीमा पार्टी कार्यालयमा सोक सभा गरीने निर्णय समेत भएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरी काफ्लेले जानकारी दिए ।