२०८१ पुष ११

रुपन्देही ५ मा कांग्रेसबाट भरत शाह सिफारिस
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १६, बिहीबार १०:५४ गते

प्रदेश सभा (ख) मा  फकरूद्विन खान प्रदेश (क) तर्फ युवा नेता  पार्टिका प्रदेश सदस्य विष्णुप्रसाद पोख्रेलसहित ३ जनाको सिफारिस

बुटवल । आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि रुपन्देही क्षेत्र नं ५ बाट संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ५ कार्यसमितिको आज बसेको बैठकबाट सर्वसमत रूपमा संघीय प्रतिनिधि सभा सदस्य पदमा शाहको सिफारिस भएको हो ।

लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका शाह सो क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । सो क्षेत्रमा २०७४ क़ो स्थानीय निर्वाचनमा उनले एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई १३ हज़ारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । विकासवादी नेताको छवि बनाएका नेता शाह ५ दलीय सत्तारूढ गठबन्धनका साँझा उम्मेदवार हुने भएकाले उनको जित निश्चित देखिन्छ ।

सोही क्षेत्रको प्रदेश सभा (ख) मा कांग्रेसले फकरूद्विन खानलाई एकल सिफारिस गरेको छ भने प्रदेश (क) तर्फ युवा नेता तथा पार्टिका प्रदेश सदस्य विष्णुप्रसाद पोख्रेलसहित ३ जनाको सिफारिस भएको छ ।