विकास, समृद्धि र स्वाधिनताका मुद्दा पूरा गर्न एमाले चुनाव जित्नै पर्छः ज्ञवाली
बुटवल।
नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले आगामी चुनाव जित्नैपर्ने बताएका छन । पार्टीको लुम्बिनी प्रदेश संगठन कमिटीको दुई दिने वैठकको पहिलो दिन मंगलवार सम्वोधन गर्दै उनले ओली सरकारले गर्न बाँकी रहेका विकास, समृद्धि र स्वाधिनताका मुद्दा पूरा गर्नका लागि एमाले आगामी चुनाव जित्नै पर्ने बताए । अबको ७२ दिनमा हुने चुनाबबाट मुलुकले केही महत्वपूर्ण निकास निकाल्नु पर्ने भएकोले यो चुनाब मुलुकका लागि असाध्यै महत्वपूर्ण रहेको चर्चा गर्दै उनले सत्तामा जान, सांसद हुन तथा दलीय स्वार्थका लागि नभइ बिगतमा ओली सरकारले गर्न बाँकी रहेका विकास, समृद्धि र स्वाधिनताका मुद्दा पूरा गर्नका लागि एमालेले चुनाव जित्नै पर्ने बताए ।
अहिलेको सत्ता गठवन्धनलाई तासको घरको सज्ञा दिदै उनले गठवन्धनले जित्दा मुलुकमा फेरि पनि अस्थिर हुने सम्भावना रहेको बताए । नेता ज्ञवालीले कांग्रेसले एक्लै नेतृत्व गर्न नसकेर गठवन्धन वनेको कुरालाई आत्मसात गर्दै गठवन्धनको मनोवैज्ञानिक भ्रमबाट मुक्त हन कार्यकर्तालाई आग्रह गरे । प्रदेश कमिटीका प्रचार विभाग प्रमुख डीआर घिमिरेका अनुसार ज्ञवालीले स्थानिय निर्वाचनमा भएका गल्ती नगर्ने प्रण गर्न पनि आग्रह गरे । उनले भने, हामीलाई स्थानीय निर्वाचनको ह्याँगले अझै छोडेको छैन । यो चुनाबमा असमझदारी, कमजोरी र अन्तरघात भएका छन् । अब त्यो निर्बाचनको ह्याँग हामीले छोडौ । बरू त्यति वेला भएका कमजोरीको चेकलिष्ट बनाएर ती गल्ती नगर्ने प्रण गर्रौ । केपी ओलीमाथि २ पटक अन्याय पार्टीले केपी ओलिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका बारेमा चर्चा गर्दै उनले भने, केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा अहिले जे प्रश्न उठेका छन्, ती गलत छन् ।
२०७२ र ०७८ गरी दुवै पटक उहाँमाथि अन्याय भएको छ । गलत तरिकाले सत्ताबाट हटाईएको छ । उहा जनताको ईच्छाले हैन, गणितले बाहिरिनु भएको हो । त्यसैले आगामी प्रधानमन्त्री केपी ओलीनै हो । मंसीर ४ गते हुने निर्बाचनलाई मध्यनजर गर्दै विभिन्न नितिगत बिषयमा बैठकमा छलफल शुरू भएको प्रदेश कमिटीका प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए । उनका अनुसार वैठकको पहिलो दिन प्रदेश पार्टी संगठन कमिटीका अध्यक्ष राधेश्याम कंडेलले समग्र प्रदेशको र सवै जिल्लाका अध्यक्षहरूले जिल्लाको वस्तुस्थितिको रिपोर्टिंङ गरेका थिए ।
नयाँ मनोनितको सपथ नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीमा मनोनित दांगका कालिमान रोका,प्याउली केसी,यमुना थापा मगर, सीता शर्मा चौधरी, बुद्धिप्रकाश चौधरी, निर्मला बिश्वकर्मा, जिफन्ट परासीका ध्यानबहादुर राई, रूपन्देहीका उमाकान्त बश्याल, धनेश्वर चौधरी,अब्दुल रहमान खाँ, सीपी पौडेल, शिबराज न्यौपाने, डा. रामप्रसाद बश्याल, पाल्पाका विष्णु आचार्य, पूर्बी रूकुमका उपेन्द्रलाल विक,बर्दियाका शिबप्रसाद चौधरी,शान्ति चौधरी, शुभारानी थारू, सुरेश भुल, रामवहादर थारू, रोल्पाका रोशन ओली, कपिलबस्तुका धर्मराज भट्टराई, बाँकेका हिमचन्द्र नेपाली, बिजयवहादुर यादब, अति उल्लाह खाँ, अर्घाखाँचीका ईश्वरी पोख्रेल, हरिकृष्ण गौतम, भोजवहादुर रायमाझी तथा रोल्पाका लोकेन्द्र घर्ती मगर, देबबहादुर घर्तीलाई सोही अबसरमा सपथ गराईएको थियो ।