२०८१ मंसिर २१
लुम्बिनी ।
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । उत्सवमा उत्कृष्ट ४ सहकारीलाई पुरस्कृत गरिएको छ ।
दाङ्ग जिल्लाको लमही नगरपालिका वडा नं. ९ मा अवस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले रु ३ लाख नगद र सम्मान पत्र सहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुस्कार प्रदान गरिएको छ । त्यस्तै सिन्धुली जिल्लाको धौली नगरपालिका वडा नं. ८ मा अवस्थित प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित विहानी सामाजिक उद्यमी महिला सहकारीले रु १ लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरिएको छ । हेफर इन्टरनेशनल नेपाल र सामाजिक उद्यमी महिला सञ्जाल नेपालले गरेको कार्यक्रममा देशभरबाट छनोट भएका साना किसान तथा उद्यमी महिलाहरुको ठूलो सहभागिता रहेको थियो ।
सामाजिक उद्यमी महिला सञ्जालमा ३ लाख १४ हजार साना किसान महिला आबद्ध छन् । उनीहरूले २ सय ५५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था सञ्चालन गरेका छन् । त्यसबाट उत्कृष्ट महिला छनोट गरेर उत्सवमा सहभागी गराइएकोे र महिलाहरूलाई समूह र सहकारीमा आबद्ध गर्दै आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने लक्ष्यसहित सञ्जालले काम गरेको सञ्जालकी अध्यक्ष पार्वती न्यौपानेले बताइन ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, पूर्वमन्त्री तथा प्रतिनिधीसभाका सदस्य गोकर्ण विष्ट, प्रतिनिधीसभाका सदस्य देवेन्द्रराज कडेँल, हेफर इन्टरनेशनलका प्रमुख वित्तिय अधिकृत मार्सिया रस्मुसेन, हेफर नेपालका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनी, हेफरका राष्ट्रिय निर्देशक शुभनारायण महतो, हेफरका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले हेफरले खेलेको भुमिकाका बारेमा तथा महिलाहरुले गरेका कामका बारेमा चर्चा गरेका थिए । श्