२०८१ पुष १२

उद्योग परिसंघ लुम्विनीको अध्यक्षमा आलम 
  • लुम्बिनी खोज
  • २०७९ आश्विन २, आईतवार ११:१९ गते

बुटवल  ।

लुम्विनी प्रदेश उद्योग परिसघको प्रथम साधारण सभा तथा अधिबेशनले एजाज आलमको नेतृत्वमा प्रदेश समिति चयन गरेको छ । परिसंघको प्रदेश समितिमा वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मी, उपाध्यक्षमा रामप्रसाद बस्याल, बोनिन पिया, बाबुराम बोहोरा, सफर अलि मियालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा माधब पौडेल, हिरामणि भट्टराई, दिलिप सापकोटा, शिबकुमार पाठक, उपेन्द्र अग्रवाल, उमाशंकर मालपानी, नवराज भुसाल, सोमेश अग्रवाल, भुवन गिरी, गेहेन्द्र बस्नेत, सिर्जना अर्याललगायत चयन भएका छन । निर्वाचन सम्पन्न गर्न अधिबक्ता यमलाल खनालको संयोजकत्वमा पत्रकारहरु सुमन अधिकारी र दिनेश पाण्डे सदस्य रहेको समिति गठन गरिएको थियो । अधिबेशनको प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष कृष्ण अधिकारीलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।अधिबेशनको प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, चेम्बर अफ कमर्सका लुम्बिनी अध्यक्ष टंक प्रसाद पोखरेल, उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण शर्मालगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।