२०८१ श्रावण १२

काग्रेसका प्रमुख सचेतक भन्छनः कार्यदलले दलहरुसग छलफल शुरु गर्छ
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०९:४७ गते

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताइदिएपछि लुम्विनी प्रदेशमा सत्ता समिकरणका लागि चलखेल शुरु भएको छ । सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई माओवादी केन्द्रले साथ छाड्न साथ उनी अल्पमतमा पर्ने स्थीति रहेको छ । अल्पमतमा पर्ने स्थीति आएमा कसरी बहुमत जुटाउने भन्ने कसरतमा एमाले रहेको छ भने अर्को तर्फ उनको विकल्पमा नया सरकार गठनका लागि समेत गृहकार्य शुरु भएका छन । केन्द्रमा हुने राजनीतिक समिकरणको प्रभाव प्रदेशमा पर्ने भएकाले सबै दल सक्रिय रुपमा समिकरण बनाउन भने लागि परेका छैनन । तर प्रदेशमा पनि संभावित समिकरणलाई ध्यान दिएर छलफलका पहल शुरु भएका छन । लुम्विनी प्रदेश सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानसग गरिएको संक्षिप्त कुराकानी

कांग्रेसले प्रदेशमा कार्यदल गठन गरेछ, त्यसमा तपाइ हुनुहुन्छ, कार्यदल कसरी अगाडी बढ्दैछ ?

सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूताएपछि उत्पन्न परिस्थितिमा प्रदेशमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न पार्टीका तर्फबाट तीन सदस्यीय कार्यदल बनेको छ । हामीहरुले अन्य दलहरुसग छलफल गरेर अगाडी बढ्छौं ।

कार्यदल के विषयमा केन्द्रीत हुन्छ ?

कार्यदल मुलत लुम्विनी प्रदेशको स्थायित्व, दिगो विकास, संघियताको सफल कार्यान्वयन एवम् समसामयिक राजनैतिक विषयमा लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलहरुसंग आवश्यक छलफल, संवाद र परामर्श गर्नमा केन्द्रीत हुन्छ । प्रदेशको समग्र विकासमा कांग्रेसले प्रभावकारी भुमिका खेल्ने गरी अगाडी बढ्छौं ।

कार्यदल नया सरकार गठनमा पनि केन्द्रीत हुन्छ होला दलहरुसग सम्वाद कहिलेबाट शुरु हुन्छ ?

कार्यदलले अन्य दलहरुसग शुक्रवारबाट छलफल अगाडी बढाउने सोच बनाएका छौं, हामीले छलफलमा पहिलो प्रथामिकतामा एमाले बाहेकका दलहरु दिन्छौं । पहिलो प्रथामिकतामा अन्य दलहरु रहेको भएपनि एमालेसग पनि छलफल गरेर अगाडी बढ्छौं ।