२०८१ श्रावण १२

सार्वजनिक भयो ‘लप्पन छप्पन – २’ को ट्रेलर
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २८, शुक्रबार ०८:२२ गते

काठमाडौं । नेपाली चलचित्र लप्पन छप्पन २ को ट्रेलर सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर फिल्म युनिटले बिहिबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । आगामी चैत २७ गते रिलिज हुने फिल्मको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ। फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही फिचर्ड ट्रेलरमा उनीहरुलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ। अष्ट्रेलिया र नेपालमा छायांकन भएको फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।