२०८२ असार ८

राष्ट्रिय जनमोर्चाको प्रचार– प्रसार अभियान
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १६, बुधबार १५:३६ गते

बुुटवल ।

राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनका लागि प्रचार– प्रसार अभियान सञ्चालन गर्ने भएको छ । पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले कार्तिक १७ गतेदेखि समानुपातिक निर्वाचनका लागि प्रचार–प्रसार अभियान सञ्चालन गर्ने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्भव भएसम्म देशका सबै जिल्लामा प्रचार अभियान सञ्चालन गर्ने राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताए । उनले समानुपातिक तर्फका उम्मेदवारहरुको साथमा मतदातासंग घरदैलो तथा भेटघाट सभा, कोणसभा, अन्तरक्रिया र पत्रकार सम्मेलन गरिने जानकारी गराए । राज्यले निर्वाचनमा थे्रसहोल्डको प्रावधान लगाएर पिछडिएको जाति, वर्ग, लिंग, क्षेत्र र समूदायलाई राज्यको मुलधारमा आउन राज्यले नै अबरोध गरेको भन्दै उनले थ्रेसहोल्डको प्रावधान खारेज गर्नुपर्ने बताए । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरेपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ निर्वाचनमा भाग लिएको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताए । उनले संघीयता कुनै पनि प्रकारले नेपालको लागि उपयुक्त थिएन भन्ने कुरा व्यवहारले नै पुष्टि गरेको उल्लेख गर्दै संघीयता खारेजीका लागि सदनबाट बिरोध गर्न प्रदेशको चुनाव उपयोग गरिएको बताए ।