२०८१ श्रावण १२

पुष्प र साम्राज्ञी अभिनित फिल्म ‘मारुनी’ युट्युबमा
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २८, शुक्रबार ०८:३० गते

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युब सार्वजनिक भएको छ । साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो । नवल नेपालको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको फिल्मको निर्माता पुनम गौतम हुन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।