२०८१ श्रावण १२

राष्ट्रिय दलित पत्रकार संघको महाधिबेशन बुटवलमा शुरु
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २८, शुक्रबार ०९:२२ गते

बुटवल २८ फागुन ।
आजबाट बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन शुरु भएको छ । महाधिबेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन । आजदेखि चैत १ गते सम्म हुने महाधिबेशनलाई देशैभरका ४ सय पत्रकार सहभागि रहेका छन ।
महाधिबेशसनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूमाथि घेराबन्दी भइरहेको बताए । मुलुकमा भएको परिवर्तन मन नपराउने शक्तिहरु परिवर्तनकारी नेताहरुलाई घेरावन्दी गर्नमा केन्द्रीत रहेको भन्दै उनले सबैभन्दा बढी घेरावन्दीमा आफू परेको बताए ।
महाधिबेशनको उद्घाटन समारोहमा वोल्दै कांग्रेसका नेता बालकृष्ण खाणले मुलुकमा २ राजनीतिक धार देखा परेको बताए । एउटा संसवधानको रक्ष ागर्ने र अर्को संविधान माथि प्रहार गर्ने धार देखा परेको भन्दै उनले संविधानको रक्षामा लाग्नुपर्नेमा जोड दिए । महाधिवेसन उद्घाटन अघि आज बिहान पुष्पलाल पार्क, मिलनचौक, राजमार्ग चौराहा हुदै कार्यक्रम स्थलसम्म साँस्कृतिक झाकी सहितको ¥याली निकालिएको थियो । संघका अध्यक्ष विनोद पहाडीले बुटवल ऐतिहासिक ठाउँ भएकाले यहाँ हुने कार्यक्रमले विभेद विरुद्ध राष्ट्रिय स्तरमा सन्देश दिने बताए । महाधिवेसनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिएको छ । यसैगरि महाधिवेशनका अवसरमा “आमसञ्चार र समावेशिताको सवाल”, “मिडियामा महिला ः दलित महिला ?” र “दलित आन्दोलन युवा र आम सञ्चार” बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि गर्ने उपाध्यक्ष गोपाल बराईलीले बताए ।
कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल, गणेश विश्वकर्मा, दुर्गा सोब लगायत बक्ताका रुपमा रहने आयोजकले बताएका छन ।
आमसञ्चार समापनका अवसरमा चैत १ मानवअधिकार तथा शान्ति समाजको संयोजन तथा बुटवलबाट प्रकाशन तथा प्रशारण भइरहेका सञ्चार गृहहरुको आयोजनामा देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोजको आयोजना केन्द्रीय सदस्य विनोद परियारले बताए । आज साँझ चर्चित कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ ।