२०८१ माघ १८

चुनाव जित्ने आधार तयः भुसाल
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक ३०, बुधबार १६:४४ गते

बुटवल ३० कात्तिक ।

रुपन्देही क्षेत्र नवर १ बाट प्रतिनिधि सभाका उम्मेदवार घनश्याम भुसालले चुनाव जित्ने आधार तय भएको बताएका छन । उनले रुपन्देहीको विकासको लागि आफूले अगाडी सारेका योजनाहरु जनतामा पु¥याएको र जनाताको उत्साहजनक प्रतिक्रियाले निर्वाचन जित्ने आधार तय भएकोे बताए ।

चुनावी अभियानका क्रममा वोल्दै उनले रुपन्देहीका विभिन्न सडक विस्तार र स्तरोन्नति, कृषिको आधुनिकिकरण, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य र जनजिविकाका पक्षमा लिएका रणनीतिक योजनाहरु पुरा गरिने बताए । सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका भुसालले पर्यटन प्रबर्दनको माध्यमबाट यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । गौतम बुद्धको मावली क्षेत्र देवदह आफैमा महत्व बोकेको ऐतिहासिक क्षेत्र भएको उनले बताए । भुसाले यस क्षेत्रका पुरातत्विक एतिहासिक क्षेत्र भवानीपुर पाकड़ी क्षेत्र, बैरीमाइ, कन्यामाइ, खयरडांडा, पुस्करानी दह, माथागढ़ी जस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा सम्बर्दन गरि पर्यटकीय क्षेत्रको विस्तार गरिने र पर्यटनको माध्यमबाट स्थानीयको आर्थिक स्तर उकास्न पहल गरिने प्रतिबद्दता जनाए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग प्रत्यक्ष सम्बन्ध जोडिएको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाको लागि जग्गाको समेत व्यवथापन भैसकेको अवस्थामा अब विश्वविद्यालय बने पश्चात देवदहको विकासले थप गति लिने उनको भनाइ छ। लुम्बिनी आउने पर्यटकलाई देवदहसम्म आउने वातारण मिलाउन र सोहि अनुसारको पुर्वाधार विकासमा आफुले भूमिका खेल्ने उनको भनाइ छ ।

एमाले परित्याग गरी त्रिभुज चिन्ह लिएर उम्मेदवार बनेका भुसालले संविधानको रक्षाको लागि आफू पार्टीभित्र निरन्तर लडेको पनि स्मरण गरे । भुसालले नेकपा एमाले ओलीको चंगुलबाट मुक्त हुन संभव नभएकाले आफूले पार्टी छोड्न बाध्य भएको तर्क गरे । एमालेभित्र रहेका इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताको साथ आफूलाइ रहेको भुसालको भनाइ छ ।