२०८१ मंसिर २१
गुल्मी ।
गुल्मी क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारी बिजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन् । बिस २०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो ।त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । गुल्मीमा चन्द्र र प्रदीपले पालैपालो जित्दै आएका छन् । डा.भण्डारीले चौथो प्रतिस्प्रर्धामा दोस्रो जित निकालेका हुन् ।