२०८१ श्रावण १२

म्यानमारको सैनिक कु को विरोधमा बुटवलमा प्रर्दशन
  • लुम्बिनी खोज
  • २०७७ चैत्र २, सोमबार ०८:४२ गते

बुटवल,२ चैत ।
म्यानमारमा भएको सैनिक कु र त्यस यता भएको दमनका विरुद्धमा बुटवलमा प्रर्दशन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सोमवार गरेको बिरोध प्रदर्शनमा सहभागिहरुले सैनय कु र त्यहा भएको दमन तथा हत्याका विरुद्धमा नाराहरु लेखिएका प्ले कार्ड हात हातमा लिएका थिए । बुटवलको राजमार्ग चौराहामा गरिएको प्रर्दशनमा दमन रोक्न र लोकतन्त्र पुर्नवहालीमा जोड दिइएको छ ।
कार्यक्रममा वोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बर्मामा लोकतन्त्र अपहरण गरिएको भन्दै शान्तिका लागि त्यहा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताए । उनले सैन्य कु मान्य नहुने भन्दै नागरिक हत्यामा भैरहेको दमन तत्काल बन्द गर्न माग गरे । उनले राजनैतिक बन्दीको तत्काल रिहाइको माग समेत गरे । वर्मामा पटक पटक यस खालका दमन हुदै आएको भन्दै मानवअधिकार विरुद्धका गतिविधिको निन्दा गरे । सभापति खनालले म्यानमारका प्रधानमन्त्री आङ साङ सूचीको रिहाइको माग समेत गरे । सो अबसरमा बोल्दै समाजका केन्द्रिय सदस्य बिष्णु भुसालले बर्माको दमनकारी नीति अन्त्य गरेर लोकतन्त्रको पुर्नबहालीको बिकल्प नभएको बताए । म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिरोधमा बुटवलको राजमार्ग चौराहामा बिहान १० बजेदेखि ११ बजेसम्म बिरोध प्रदर्शन गरिएको समाजका रुपन्देही शाखा सभापति डीपी खनालले बताए ।