२०८१ चैत्र २५
बुटवल,२१ मंसीर
नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा प्राविधिक धार अन्तरगत सिभिल इन्जिनियरिङ समूहका विद्यार्थीहरुको OJT प्रतिवेदन प्रस्तुतिकरण तथा अन्तिम मूल्याङ्कन बुधवार सम्पन्न भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य एवं वित्त महाशाखा प्रमुख मित्रमणि खनालले इन्जिनियरिङ विषय सिक्दै गर्दै जाने ड्रइङ, डिजाइन, सुपरभिजन तथा सीप सँग सम्बन्धित विषय भएकोले यसमा गहनपूर्वक लाग्न आग्रह गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धार शिक्षालाई कसरी व्यवस्थित गर्ने कक्षा १२ पछि श्रमबजारमा जाने अथवा उच्च अध्ययनमा जाने भनेर रणनीतिक योजना निर्माण गर्न लागेको धारणा व्यक्त गरे ।
राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले प्राविधिक विषय संवेदनशिल निर्माण सँग सम्बन्धित भएकोले सैद्दान्तिक भन्दा पनि प्रयोगात्मक पक्षलाई जोड दिन आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सिभिल इन्जिनियरिङ समूहका विद्यार्थी द्वय राजन कोइराला र शिशिर ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिभिल इन्जिनियरिङ संयोजक ई. विमल अर्याल वाह्य विज्ञ ई.युवराज वेल्वासे, ई.साम्व पन्थीले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिनिधिमुलक सागर पोख्रेल, सुप्रिया पौडेल लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।