२०८१ माघ १८
सुर्खेत । राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गरेकी छन् । शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् ।
पत्रकारिताको मर्यादा र विश्वसनितामा गम्भीर रहन सबैलाई आग्रह गरिन् । पत्रकार आचारसंहिता पालना भएको छ कि छैन । आवाजविहीनको आवाज बनेको छ कि छैन जस्ता विषयमा ध्यान दिनुपर्छ । भण्डारीले भनिन् । पत्रकारिताले समाजमा विकृति हटाउन ध्यान दिनुपर्ने भन्दै उनले स्वच्छ , मर्यादित र विश्वसनीयता बनाउन लाग्नुपर्नेमा उनले जोड दिइन् ।
सामाजिक सञ्जालले पत्रकारितालाई छाँयामा पारेको भण्डारीले बताइन् । डिजिटल मिडियामा आएको यो अवसर मात्र होइन चुनौती पनि थपिएको उनको भनाइ थियो । रेडियो तथा छापामाध्यमको विकाससँगै पछिल्लोसमय अनलाइनको विकास भएको उनको भनाइ छ । पत्रकारको हकहितको साथ विकासमा महासंघले भूमिका निर्वाह गरेको यो सँगै समाजको हकहितको विषयलाई पनि हेर्न जरुरी रहेकाे बताउँदै निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य तथा लोकतन्त्र गणतन्त्रको स्थापनामा पत्रकारिताको मुख्य भूमिका रहेको भण्डारीले बताइन् ।