२०८१ मंसिर ९
बुटवल ।
रुपन्देही उद्योग संघको आयोजनामा विहीवारबाट ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ शुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रम अन्तरगतका विभिन्न प्रतियोगिता तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति शुरु भएको छ ।
बुटवल मण्डपमा आधुनिक प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट दर्शकहरुको घुइचो शुरु भएको छ । यसअघि अस्थायी संरचनामा आयोजना गरिदै आएको प्रदर्शनी यसै संस्करणबाट आधुनिक भौतिक संरचना भित्र आयोजना गरिएका कारण सबैको चासो र आर्कषण बढेको छ । स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा तयार भए पछि हरेक वर्ष अस्थायी संरचनामा हुने रकम बचत हुनुको साथै हावाहुरी र पानीका कारण हुने क्षति समेत कम हुने भएको छ भने निर्माणमा हुने झन्झट समेत अन्त्य भएको छ ।
रुपन्देही उद्योग संघले २०४५ सालमा पहिलो पटक काठमाडौँ बाहिर बुटवलमा औद्योगिक प्रदर्शनीको आयोजनाको शुरुवात गरे पछि त्यस यता २०५२ सालबाट निरन्तरता दिदै आएको हो । कोभिड पछिको पहिलो व्यवस्थित प्रदर्शनी भएकोले मात्र होइन, बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना गरिएकोले यस पटकको प्रदर्शनीलाई उद्योगी व्यवसायी तथा उपभोक्ताहरूले विशेष महत्वका साथ हेरिरहेका छन् । बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग÷अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । यसपटक तिन वटै ब्लकमा ४ सय ५० स्टलहरु निर्माण गरिएको छ जहाँ एकै पटक १० हजार अवलोकन कर्ताले अवलोकन गर्नसक्ने सुविधा रहेको छ ।
स्वदेशी उत्पादनहरूको प्रदर्शन तथा बजारीकरणसँगै प्राविधिक र व्यवस्थापकीय अनुभवको आदानप्रदान र नेपाली उद्योगका लागि अवसरको खोजीको कडीको रूपमा प्रदर्शनीलाई लिइएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, औद्योगिक प्रविधि लगायतका उत्पादन र वस्तुका स्टल छन् । स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन गरिएको छ । प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २७ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीमा १० वटा प्याभिलियनमा ४ सय ५० सय स्टल रहेका छन् ।
विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी शुभारम्भ गरिएको प्रदर्शनीमा विहिवारबाट आम दर्शकलाई टिकट खुल्ला र मनोरञ्जनका कार्यक्रमहरु शुरु गरिएको हो । सांस्कृतिक कार्यक्रम अन्तरगत शुक्रवारबाट राष्ट्रिय कलाकारहरुको प्रस्तुती, दोहोरी गित प्रतियोगिता, प्रदर्शनी आइडल टप १२ को प्रस्तुती राखिएको छ । जस अन्तरगत चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायिका सपना गाहा, लोकदोहोरी गायक विष्णु सिंजाली तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुति राख्ने जनाइएको छ । शुक्रवारबाट दोहोरी गित प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगिता अन्तरगत दोहोरी गित प्रतिष्ठान, रुपन्देही र खस्यौली रोधी क्लब, बुटवलका वीच प्रतिपष्र्धा भएको थियो ।
शनिवार चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायिका रितु थापा, लोकदोहोरी गायक विधान कार्की तथा हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बाको प्रस्तुति राहने जनाइएको छ । दोहोरी गित प्रतियोगिता अन्तरगत दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र हिमचुली दोहोरी साझ, बुटवलकावीच प्रतिपष्र्धा हुने छ । विदाको दिन परेका कारण प्रदर्शनी हेर्ने दर्शकहरुको घँुइचो हुने छ ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय वक्तृत्वकला तथा लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल,टिकटक ट्यालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु राखिएका छन् ।