२०८१ कार्तिक ३०

नौलो  सहकारीमा माधव प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन
  • लुम्बिनी खोज
  • २०७९ पुष १६, शनिबार १५:३६ गते

बुटबल ।
नौलो बहुउदेश्यीय सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशनले माधब प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बुटबलमा सम्पन भएको ५औ अधिवेशनले सहकारीको उपाध्यक्षमा ललिता वंशि ठकुरीलाई चयन गरेको छ । साथै सचिबमा सुदन अधिकारी र कोषध्यक्षमा हिराबहादुर केसीलाई चयन गरेको छ ।
जसको सदस्यहरुमा बिकास बस्नेत ,बसन्ती देबी उपाध्यय ,संगिता पराजुली ,तेजबहादुर घर्ति ढोगी,सन्जुकुमारी सुबेदी धर्तिमगर,खेम बहादुर बाह्घरे ,दिपक बस्याल चयन भएको बरिष्ठ निर्वाचन अधिकृत पशुपति भण्डारीले जानकारी दिए । सहकारीको लेखा समितिको संयोजकमा अनिल भण्डारी सदस्यहरुमा क्रमस प्रकास क्षेत्री र गणेश बोहरा चयन भएको निर्बाचन मण्डलले जानकारी दिएको छ ।
नौलो सहकारी संस्था लि २०६६ सालमा डिभिजन सहकारी कार्यलय रुपन्देहीमा दर्ता भई २०७० मा बिनियम संसोधनगरी नौलो बहुउदेश्यीय सहकारी संस्था लि कायम भएको थियो ।