२०८२ श्रावण २

एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी 
  • लुम्बिनी खोज
  • २०७९ पुष १७, आईतवार १५:५८ गते

बुटवल १७ पुस ।

नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन । आइतवार दाङमा भएको संसदीय दलको बैठकले पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । प्रदेश सांसद भुमिश्वर ढकालका अनुसार दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले नेता तथथा उपनेता चयन गरेको हो । गिरी रूपन्देही २ को १ बाट र आचार्य अर्घाखाँचीको प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् । उनीहरू दुवै जना प्रदेशका पूर्वमन्त्री हुन् ।