२०८२ असार ७

लुम्बिनीमा मंगलवार मुख्यमन्त्री दावी पेश हुन सकेन
  • लुम्बिनी खोज
  • २०७९ पुष २६, मंगलवार १२:३६ गते
बुटवल २६ पुस ।
गठबन्धन दलहरुवीचको अलमलका कारण लुम्विनी प्रदेशमा मुख्यमन्त्रीका लागि मंगलवार दावी पेश हुन सकेन । दावी पेश गर्न अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा जाने गरी समय तय गरिएको भए पनि अन्तिम समयमा दावी पेश गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
लुम्विनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने गरी भएको सहमति अनुसार एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री नियुक्त गर्न आवश्यक सांसदको हस्ताक्षरसहित ४ बजे दलहरु प्रदेश प्रमुख समक्ष पुग्ने कार्यक्रम यहा थियो । अन्तिम समयमा कार्यक्रम स्थगित हुनुलाई एमालेले केही दलका सांसद काठमाण्डौंबाट आउन नसक्नुलाई बताएको छ । मंगलबार ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले बहुमत सांसदहरुसहित आउने जानकारी दिएका थिए । तर अपरान्ह एकाएक नआउने जानाकारी एमालेका नेताहरुले गराएका थिए । एमाले नेता भुमिश्वर ढकालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरु काठमाण्डौं बाट आउन ढिलाइ भएको र अर्को तर्फ माओवादी ससदीय दलको ढिलाईले पनि मंगलवार दावी पेश गर्न नसकिएको बताए ।
लुम्विनीमा प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपनि एक दिन अगाडि नै एमालेले अन्य विभिन्न दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने गरी तयारी गरेको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०(एक स्वतन्त्र माओवादीमा प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका चार चार तथा जसपा र जनमत पार्टीका तीन तीन जना सांसद छन् । स्वतन्त्रबाट निर्वाचित २ सांसद पनि रहेका छन । यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।