२०८२ असार ७
बुटवल २७ पुस ।
लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरी नियुक्त भएका छन । बुधवार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । गिरीको सपथ कार्यक्रम बिहिवारलाई तय गरिएको छ ।
लुम्विनीमा प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । गिरीलाई यहा प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० दल मध्ये ७ दल र २ जना स्वतन्त्र सा.सद समेत गरी ५८ सांसदको सर्मथन छ । मुख्यमन्त्रीमा नियुक्त भएका लिला गिरीले बिहिवार मन्त्रीमण्डलको आकार सानो बनाउने भएका छन । पहिलो चरणमा एमाले र माओवादी केन्द्रबाट एक एक जनालाई समेटेर तीन सदस्यीय मन्त्रीमण्डल बनाउने तयारीमा गिरी रहेका छन ।
को हुन लिला गिरी ?
विस २०११ साल चैत १४ गते गुल्मीको रुरु गाउपालिका ५ सौरीबोटमा जन्मिएका लिला गिरी ०३४ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका छन । तिलोत्तमा नगरपालिका १ का स्थायी बासिन्दा गिरी बहुदलिय ब्यवस्थाको पहिलो जननिर्वाचित अध्यक्षका रुपमा तत्कालिन शंकर नगर गाविसको अध्यक्ष भएर काम गरेका थिए ।
२०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य भएका थिए । २०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमाले रुपन्देहीको जिल्ला कमिटी सदस्य, २०५६ सालमा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, २०५८ देखि ०६१ सम्म कार्यवाहक सचिवको रुपमा उनले काम गरे । २०६१ देखि ०६६ सम्म र २०६६ देखि ०६९ सम्म नेकपा एमाले रुपन्देही सचिव र अध्यक्ष भएर पार्टी हाक्ने काम गरे । २०६९ सालमा एमालेको लुम्विनी अञ्चल समन्वय कमिटीको सदस्य र संगठन विभाग प्रमुख, २०६९ देखि ०७० सम्म अञ्चल कमिटी सदस्य र नवौ राष्ट्रिय महाधिबेशनपछि केन्द्रीय कमिटी सदस्य र रुपन्देही जिल्ला इन्चार्ज का रुपमा काम गरे । नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय सदस्य बनेका गिरी चितवनमा सम्पन्न भएको पार्टीको दशौं महाधिवेशनबाट नेता गिरी पोलिटब्यूरो सदस्य र लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्जका रुपमा रहेका छन ।
लुम्विनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्रीका रुपमा समेत काम गर्ने अवसरका पाएका गिरी प्रदेशमा नया समिकरणसगै मुख्यमन्त्रीको जिम्मेवारी समाल्न पुगेका छन । राजनीतिक जीवनका क्रममा उनले ०६१ माघ १९ को शाही कु को विरोध गरेको भन्दै ०६१ माघ २७ गते देखि २०६२ बैशाख २८ गतेसम्म जेल जीवन समेत विताए । स्नातक सम्म अध्यान गरेका गिरी रुपन्देही २ को एक बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचित भएका थिए ।